विराटनगर । विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आइतबार दिउँसो आगलागी भएको छ । आगो नियन्त्रणको प्रयास जारी छ ।
विराटनगर महानगरपालिकाको दकमल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हो । बाहिरबाट हेर्दा धुवाँको मुस्लो उडिरहेको देख्न सकिन्छ ।
अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले दिउँसो ३ बजेतिर अचानक आगलागी सुरु भएको जानकारी दिए । आईसीयूमा बिरामी भने नरहेको रु आईसीयू खाली रहेका बेला आगलागी भएको उनले बताए । खाली रहेको आईसीयूमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका बिरामी र कुरुवाहरु भने त्रसित बनेका छन् ।
अहिले बाहिरबाट अस्पताल प्रवेशमा रोक लगाइएको छ । आगलागीका कारण अस्पतालको सेवा प्रवाह अवरुद्ध बनेको जानकारी प्रशासन प्रमुख श्रेष्ठले दिए । उनले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताए । आगो नियन्त्रणको प्रयास जारी रहेको क्षतिको विवरण यकिन भइनसकेको श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया