सूर्यदर्शन सहकारीका तत्कालीन सचिव अनुज नकर्मी पक्राउ

आइतबार, ०२ भदौ २०८१
काठमाडौँ : सूर्यदर्शन सहकारीका तत्कालीन सचिव अनुज नकर्मी पक्राउ परेका छन् । मुद्दा दर्तापछि फरार रहेका पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्व सचिव नकर्मीलाई काठमाडौँमा पक्राउ गरेर पोखरा लगिएको हो । उनी शुक्रबार काठमाडौँको दक्षिणकालीमा पक्राउ परेपछि काठमाडौँ प्रहरीले पोखरा पठाएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीले आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएका थिए। उनीविरुद्ध पहिला नै मुद्दा दायर भइसकेको छ। मुद्दा दायर भएको बेलामा उनी फरार रहेकाले अभियोग पत्रमा फरार उल्लेख थियो। आइतबारबाट उनको बयान सुरु भएको छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ। सुर्यदर्शन सहकारीमा रहेको बचतकर्ताहरूको बचत रकम दुरुपयोग गरेको आरोपमा अनुसन्धान सकिएर मुद्दा दायर भएपछि संस्थापक अध्यक्ष जीवी राई लगायत अधिकांश फरार छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार