माडीमा खोलाले बगाएर मृत्यु

सोमबार, ०३ भदौ २०८१
चितवन : चितवनको माडीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । सोमबार (आज) माडी नगरपालिका ९ का ५० वर्षीय काजिमान प्रजालाई खोलाले बगाएको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उनलाई दिउँसो स्याउलीबाट कुसुमखोला बस्ती जाने क्रममा खोलाले बगाएको थियो । उनका अनुसार प्रजाको शव घटनास्थलबाट पाँच सय मिटर तल भेटिएको थियो । यस्तै माडीमा नै खोलाले मोटरसाइकल बगाएको छ । माडीबाट ठोरी पर्सा जाने क्रममा बागमती प्रदेश ०३–०२ प ९५८६ नम्बरको मोटरसाइकललाई खोलाले बगाएको हो । बाँदरझुलास्थित अम्बुवाखोलामा बाढी आई मोटरसाइकल बगाएको हो । मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२८ का ३७ वर्षीय पवन चापागाईँ खोलाले बगाएको बुट्यानमा अड्किएर बाँच्न सफल भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । उनको सकुशल उद्धार गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार