सुनकोशी नदीमा जिपसहित खसेका तीन जना अझै फेला परेनन्

आइतबार, ०९ भदौ २०८१
काठमाडौं : सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा जिपसहित खसेका तीन जना अझै फेला परेका छैनन् । शनिबार साँझ जिपसहित नदीमा बेपत्ता भएका व्यक्तिको २४ घण्टासम्म खोजी गर्दा पनि फेला पर्न नसकेका हुन् । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोलीले सुनकोशीमा खोजी गरे पनि मान्छे फेला पर्न नसकेको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडी शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशीमा खसेको थियो । सशस्त्रकै गोताखोर टोलीले जिप भने आइतबार राति २ बजेतिर फेला पारेको थियो । प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् । गाडीबाट हामफालेर बाहिर निस्केका सुशान्त कक्षपति भने सामान्य घाइते छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार