बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको चक्रघट्टी र प्रकाशपुर बजारलाई ‘स्मार्ट सिटीझ् बनाउने योजना अन्तर्गत काम सुरु गरिएको छ ।
नगर भित्रका दुई बजारलाई जोडेर ‘स्मार्ट सिटी’ बनाउने योजना अन्तर्गत संघीय सरकारको सहरी विकास मन्त्रालयले बराहक्षेत्र नगरपालिकासँग समन्वय गरेर गुरुयोजना बनाएको छ ।
बराहक्षेत्र नगरपालिका ६, ७ , ८ , ९ र १० नम्बर वडा समेटिएको चक्रघट्टी र प्रकाशपुर बजारलाई ‘स्मार्ट सिटी’ बनाउने कार्यलाई गति दिन बिहिवारबाट वडा ६ मा सर्वेको काम सुरु हुने नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।
सर्वेका लागि बिहिवर बराहक्षेत्र नगरपालिका र सहरी विकास मन्त्रालयका प्रतिनिधिबीच छलफल भएको थियो । छलफलमा वडा ९ वडामा सर्वेको काम गर्ने निर्णय भएको छ ।
योजनाका लागि संघीय सरकारबाट बजेट विनियोजन भएको जनाइएको छ ।
योजनाको विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर निर्माणका लागि संघीय सरकार अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरमार्फत् काम भइरहेको नगर प्रमुख कार्कीले बताए ।
उक्त योजनाका लागि सुनसरी ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा संघीय सरकारका पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा नगर प्रमुख कार्कीले पहल गरेका थिए ।
प्रतिक्रिया