गण्डकी प्रदेशमा एमालेबाट चार मन्त्री बन्दै

सोमबार, १७ भदौ २०८१
पोखरा : गण्डकी प्रदेशमा एमाले सरकारमा जाने तयारीमा रहेको छ । काँग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबन्डा नमिल्दा एमाले सरकारमा गएको थिएन । तर अब मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि एमाले अब सरकारमा जाने भएको हो । एमालेले गण्डकी सरकारमा ४ मन्त्री पठाउने भएको छ । एमालेले नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याललाई सरकारमा पठाउँदै छ । आजै एमालेका मन्त्रीहरूले शपथ लिने तयारी गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार