चर्को ब्याजका कारण व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको भन्दै आज उद्योग वाणिज्य संघ कैलालीको अगुवाईमा जिल्लामा रहेका विकास बैंक तथाबाणिज्य बैंकहरुमा १ घण्टा तालबान्दी गर्दै ‘नो डिपोजिट’ अभियान सुरु गरिएको हो ।
कैलाली उद्योग बाणिज्य संघको अगुवाईमा केलाली बजारमा ब्यावसायीले बैक तथा वित्तीय संस्थाहरुका विरुद्ध प्रदर्शन गर्दै बजार समेत बन्द गराएका थिए ।
बैंकका शाखाहरुमा तालाबन्दी भएपछि पैसा भुक्तान, जम्मा, ब्याज बुझाउने लगायतका कार्यहरु प्रभावित भएका थिए ।
उद्योगी व्यवसायीले व्यवसायी माथिको आतङ्क बन्द गर, बैङ्कको ब्याजदरमा एकरूपता कायम गर, व्यवसायीमाथिको व्यापार बन्द गर लगायतका नाराहरू लगाउँदै आन्दोलनका कार्यक्रम अघि बढाएका छन् ।
उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष पुष्करराज कुँवरले आफूहरुको मागलाई बेवस्ता गर्दे आएका कारण बैंकमा तालाबन्दी गर्न बाध्य भएको बताए ।
प्रतिक्रिया