काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। त्यसको असरले आज देशका केही भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभगका अनुसार आज बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
विभागले आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशका बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
विभागका अनुसार आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसमसफा रहनेछ । कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया