ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
शनिबार, ०५ पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
सरकारले माग पूरा गर्ने भएपछि कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले तोडे आमरण अनशन
प्रदेश खबर
बुधबार, २६ भदौ २०८१
विराटनगर :
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोडेका छन् । कार्कीले उठाएका मग पूरा गर्न कोशी प्रदेश सरकार तयार भएपछि विराटनगर ६ निवासी निर्मला शर्माका ४२ दिनका शिशुको हातबाट जुस खाएर कार्कीले अनशन तोडेका हुन् । सरकारको सन्देश दिन आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी वार्तास्थलमा आएका थिए । मन्त्री अधिकारीले भने, कार्कीले उठाएका माग पूरा गर्न सरकार सकारात्मक छ । पूर्व मुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनशन तोडेको बताए । आफ्नो कार्यकालमा सुरु गरेका जनप्रिय कार्यक्रमहरू वर्तमान सरकारले कटौती भएको भन्दै कार्कीले मंगलबारबाट कोशी प्रदेशसभा नजिकै देवकोटा चोकमा आमरण अनशन सुरु गरेका थिए । प्रदेश सरकार र कार्कीपक्षका प्रतिनिधिबीच बुधबार साँझ विराटनगरमा वार्ता भएपछि माग पूरा गर्ने विषयमा सहमति जुटेको हो। वार्तामा सहभागी नेपाली कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईले कार्कीले उठाएका माग सम्वोधन गर्न कोसी प्रदेश सरकार सहमत भएको जानकारी दिए । वार्ताको नेतृत्व मुख्यमन्त्री हिक्मत कार्कीले गरेको र उठेका माग सम्वोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका थिए । पूर्व मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयं सेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्बासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदान सम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै कार्कीले आमरण अनशन बस्न बाध्य भएको बताएका थिए । बुधबार नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरूको पहलमा कार्कीले अनशन तोडेको बताइएको छ ।
यो पनि – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनशन जारी
यो पनि – कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले घर पुर्यायो, पुनः आमरण अनशन बस्न सडकमै पुगे
यो पनि – कोशीका पूर्व मुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ, दोहोरो झडपले स्थिति तनावग्रस्त
यो पनि – कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीको अनशनस्थलमा प्रहरीको हस्तक्षेप हुँदा दोहोरो झडप, केही घाइते
यो
पनि – पूर्व मुख्यमन्त्री केदार कार्कीको अनशन हस्तक्षेप गर्ने प्रशासनको तयारी
यो पनि – पूर्व मुख्यमन्त्री केदार कार्कीले निषेधित क्षेत्रमै सुरु गरे अनशन
यो पनि – पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन रोक्न विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा
यो पनि – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की आजदेखि अनशन बस्दै
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
सुन्दरहरैँचामा स्कुटरले साइकललाई ठक्कर दियो, स्कुटरमा सवार महिलाको मृत्यु
एमाले वुद्धिजिवी टीकाराम पुरीले छाडे पार्टी
अमेरिकाले एकैदिन ७५ जना नेपालीलाई गर्यो डिपोर्ट
६० जना सहसचिवको एकै पटक सरुवा
चिनी माग्ने बहानामा घरभित्र पसेर हत्या, सहिद उद्रकान्तको ५४ वर्षपछि बन्यो सालिक
उदयपुरमा धारिलो हतियार प्रहार गरि दाजुले गरे भाइको हत्या
सम्बन्धित समाचार
बक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : प्राधिकरण
राष्ट्रिय जेनजी पार्टी दल दर्ता गर्न आयोगमा निवेदन
खाँदबारीमा जुवातास खेलिरहेका सात जना पक्राउ
घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन
विमानस्थलमा गाँजा समात्ने ‘घुङ्ग्रु’लाई उत्कृष्ट अवार्ड
जुवा तास खेल्दै गरेका २४ जना पक्राउ
आन्दोलनका बेला महत्वपूर्ण भवन जोगाउन नसकेको भन्दै तीन सैनिक कमाण्डरलाई हेडक्वार्टर बोलाइयो
तिहारमा सक्दो विद्युत खपत गर्नुहोस्, आपूर्तिमा कुनै समस्या छैन : राजन ढकाल
प्रतिक्रिया