पथरी । पथरीका चन्द्रबहादुर तामाङको हत्या गरेको आशङ्का गरिएका ज्वाइँ रविन राई पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे ७ मा असोज ५ गते शनिबार चन्द्रबहादुर तामाङको बीभत्स हत्या भएको थियो । प्रहरीको खोजीमा रहेका रविनलाई एक दिन पछि मुलघाटबाट पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालको टोलीले घटना घटेको छोटो समयमै फरार रहेका राईलाई पक्रन सफल भएको हो । पछिल्लो समय पथरी शनिश्चरेका जनताको विश्वास जित्न र शान्ति सुरक्षा कायम गर्न दाहाल नेतृत्वको टोली लागि परेको छ । पक्राउ परेका राईबाट घटनाको वास्तविकता खुल्ने डीएसपी मोहन विक्रम दाहालको बताए ।
करिब ६० वर्षका तामाङको हत्या भए लगतै प्रहरीले कडाइका साथ अनुसन्धान सुरु गरेको थियो । सँगै बस्दै आएका रहेका ज्वाइँ सम्पर्क विहीन भएपछि प्रहरीको अनुसन्धान ज्वाइँ तिर घुमेको थियो । तामाङको घरमै बाम्फोक प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको थियो । ज्वाइँ फरार भएपछि उनैले तामाङको हत्या गरेको आशङ्कामा प्रहरीले खोजी सुरु गरेको थियो ।
फरार रहेका राईलाई धनकुटाको साँगुरी गढी गाउँपालिकास्थित मुलघाटबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । मुलघाटबाट राईलाई पक्राउ गरेको र हत्या उनैले गरेको हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालले जानकारी दिए । उनी मुलघाटबाट प्रहरीमा सरेन्डर गर्न जाने भन्दै हिँडेको र धरान आउने गाडीबाट पक्राउ परेको दाहालले बताए ।
दाहालको इलाका प्रहरी कार्यालय पथरी सम्हाले यता शान्ति सुरक्षामा निकै सुरक्षित महसुस भएको नागरिकहरूले बताउने गरेका छन् । दाहालले छोटो समयमा लागूपदार्थ तथा दुर्व्यसनी न्यूनीकरण , अवैध वन्यजन्तु ओसार पसारमा कडाइ र शान्ति सुरक्षा कायम गदै आएका छन् ।
प्रतिक्रिया