काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार साइबर ब्युरोबाट डिएसपीको नेतृत्वमा गएको प्रहरी टोलीले साइबर अपराधको मुद्दामा उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो ।
प्रसाईँसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको थियो ।
विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेको थियो ।
रास्वपा केन्द्रीय सदस्य टीका सङ्ग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएका थिए । उक्त जाहेरी खारेजीको माग राख्दै शनिवार प्रसाईँका समर्थकहरूले विरोध प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया