विराटनगरबाट गाइघाट जाँदै गरेको यात्रुबाहक बस कोशी ब्यारेजमा खस्यो

विहीबार, १० असोज २०८१
इटहरी : विराटनगरबाट उदयपुरको गाइघाट जाँदै गरेको यात्रुबाहक बस कोशी ब्यारेजमा खसेको छ । बिहीबार साँझ कोशी ब्यारेजमा यात्रुबाहक बस खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले पुष्टि गरे । उनका अनुसार विराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजमा खसेको हो । ब्यारेजको ३५ नम्बर ढोकाबाट बस खसेको हो । ‘बसमा कतिजना सवार थिए भन्ने यकिन खुलिसकेको छैन, हामीले घटनास्थलबाट २० जनाको उद्धार गरेका छौँ,’ उनले भने, ‘विराटनगरबाट गाइघाट जाँदै गरेको बस आज दिउँसो खसेको हो । थप अनुसन्धान भइरहेको छ ।’ घटनास्थलबाट तत्काल २० जनाको उद्धार भएको उनले जानकारी दिए । बसमा कतिजना सवार थिए भन्ने यकिन भइनसकेको एसपी रेग्मीले बताए । ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार