कोसीसहित १३ नदीले गर्‍यो सतर्कता तह पार

शुक्रबार, ११ असोज २०८१
काठमाडौँ । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीया लगायतका १३ वटा नदीहरूमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ । विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै कनकाई नदीको मैना चुली र कमला नदीको वेलसोत क्षेत्रमासतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीले खतरा तह पार गरिसकेकाले नदी तटिय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आह्वान गरेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार