मुख्यमन्त्रीसहित सुरक्षा निकायका प्रमुखद्वारा कोशी ब्यारेक निरीक्षण

शनिबार, १२ असोज २०८१
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र वराह क्षेत्र आसपासका डुबान क्षेत्रको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा मुख्यमन्त्री कार्की तथा तीनवटै सुरक्षानिकायका प्रदेश प्रमुख सहभागी थिए। मुख्यमन्त्री कार्कीले वराह क्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्धार गर्न सुरक्षानिकायका प्रमुखहरूलाई आग्रह गरे। स्थलगत निरीक्षणपछि मुख्यमन्त्री कार्कीले उनीहरूको उद्धारका लागि सुरक्षानिकायसँग समन्वय गरेका छन्। उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ। यस्तै प्रदेशभर वर्षा भइरहेको र बाढी पहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। अहिले प्रदेशका सबै बाढी पहिरो गएको क्षेत्रमा उद्धार र राहतको काम शुरु भएको मुख्यमन्त्री कार्कीले जानकारी दिए। अहिले कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७५० क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको छ। कोशीमा पानीको बहाव लगातार बढेपछि मुख्यमन्त्री कार्कीको निरीक्षणलगत्तै कोशी ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारीसाधन वारपार गर्न रोक लगाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार