झ्याप्ले खोला पहिरो अपडेट : दुई दिनमा २७ जनाको शव निकालियो

आइतबार, १३ असोज २०८१
काठमाडौं : धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएको अवस्थामा थप १३ जनाको शव फेला परेको छ। पहिरोले पुरिएका बसबाट शवहरु निकालिएको हो। झ्याप्ले खोलामा अरु बस पनि पुरिएको आशंकामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। सोहि स्थानमा गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको अवस्थामा फेला परेको छ। यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्लेखोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरुले बताएका छन्। शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहिन भएको थियो। झ्याप्ले खोलामै आएको पहिरोले माइक्रोबस पुरिँदा शनिबार १४ जनाको मृत्यु भएको थियो। बुटवलबाट काठमाडौं आईरहेको माइक्रोबस पहिरोमा पुरिएको हो। १४ जना यात्रुको शव शनिबार साँझ निकालिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार