झ्याप्ले खोलामा १३ जनाको शव फेला, गोरखाबाट आएको बसको हुनसक्ने अनुमान

आइतबार, १३ असोज २०८१
काठमाडौं : पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा पुरिएको अवस्थमा १३ जनाको शव फेला परेको छ। आइतबार बिहान पहिरो पन्छाउनेक क्रममा फेला गरेका शवमध्ये १० जना पुरुष र ३ जना महिलाको रहेको चितवन प्रहरीले जाएको छ। प्रहरीका अनुसार आज फेला परेका शव शुक्रबार बिहान गोरखाबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको दरौदी यातायात सेवा कम्पनीको बसका यात्रुको हुनसक्ने अनुमान छ। यद्यपि, यसबारे अनुसन्धान भइरहेको छ। त्यहाँ पहिरो पन्छाउने क्रममा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो। तर, बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। यतिबेला सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार