बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्कने क्रममा कोशी प्रदेशकी राज्यमन्त्रीमाथि उदयपुरमा लुटपाटको प्रयास

बुधबार, १६ असोज २०८१
उदयपुर : बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर आउने क्रममा कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई सवार गाडीमा लुटपाटको प्रयास भएको छ । भोजपुर र उदयपुरको सीमाक्षेत्रमा बाढीले पुराएको क्षतिबारे जानकारी लिएर फर्कने क्रममा मंगलबार राति करिब १० बजेतिर अज्ञात समूहले उदयपुरको बेलका नगरपालिकास्थित सिरवानी क्षेत्रमा राज्यमन्त्री राई सवार प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाटको प्रयास भएको हो । राईले भोजपुरको क्षतिग्रस्त चुहारको झोलुंगे पुल, जोगेपाथर घारे झोलुंगे पुल, बाक्सीखोप झोलुंगेपुल, निर्माणाधीन मोटरेवल सडकलगायत स्थलगत निरीक्षण गरी फर्कने क्रममा बाटो छेकेर ढुंगा प्रहार भएको जानकारी दिइन्। राज्यमन्त्रीको गाडीमाथि आक्रमण भएको जानकारी आएपछि प्रहरीले बुधबार बिहानबाट अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा स्थानीय आकाश राई, विशाल राई, थानवीर राई, लोहनसिंह राई, सुदीप राई र सुरेश राईलाई प्रहरीले पक्राउ गरेको छ । गाडीमा राज्यमन्त्री राईसहित आमचोक गाउँपालिका उपाध्यक्ष सीता राईलगायत ७ जना सवार थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार