मोरङको सुन्दरहरैँचामा २ वटा बस ठोक्किदा ३० जना घाइते , २ जनाको अवस्था गम्भीर

विहीबार, १७ असोज २०८१
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र ५ को सिमानास्थित दुलारीमा २ वटा यात्रुवाहक बस ठोक्किदाँ ३० जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुलारीमा बिहीबार बिहान भएको दुर्घटनाका घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । अरु सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा अधिकांश महिला छन् । वृद्धवृद्धा पनि घाइते भएका छन् । उनीहरुको विराटनगर र इटहरीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ७२१६ र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २६२८ नम्बरको बस बिहान १०ः२० बजेतिर ठोक्किएर दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । उनका अनुसार दुवै बसमा सवार यात्रुहरु घाइते भएका छन् । लम्सालले ७२१६ नम्बरको बसका चालक पनि घाइते भएको जानकारी दिए । दुर्घटनामा परेर क्षतिग्रस्त बनेका दुवै बस प्रहरीको नियन्त्रणमा छन् । २६२८ नम्बरको बसका चालक झापाको भद्रपुर नगरपालिका–१ का अन्दाजी ३५ वर्षीय रेवती श्रेष्ठ फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । दुवै बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यी हुन् दुर्घटनामा परेर घाइते हुनेहरु गम्भीर घाइतेहरु १, सुनसरीको इटहरी उपमहानगरपालिका–३ की ७८ वर्षीया गंगामाया घतानी (अवस्था गम्भीर, विराटनगरको न्युरो अस्पतालमा उपचार हुँदै) । २, मोरङको सुन्दरहरैँचा नगरपालिका–७ की ५८ वर्षीया धनकुमारी तिम्सिना (अवस्था गम्भीर, विराटनगरको नोबेल अस्पतालमा उपचार हुँदै) । सामान्य घाइतेहरु ३, झापाको कन्काई नगरपालिका–१ का ३२ वर्षीय प्रकाश दर्जी । (७२१६ नम्बरको बसका चालक अवस्था सामान्य) ४, अन्जना कार्की । (उमेर र ठेगाना नखुलेको ) ५, जीवनकुमार राई । (उमेर र ठेगाना नखुलेको ) ६, कूलप्रसाद तिम्सिना । (उमेर र ठेगाना नखुलेको ) ७, मन्जना मण्डल । (उमेर र ठेगाना नखुलेको ) ८, रन्जन मण्डल । (उमेर र ठेगाना नखुलेको ) ९, झुमा गुरुङ । (उमेर र ठेगाना नखुलेको ) १०, जुना गुरुङ । (उमेर र ठेगाना नखुलेको ) ११, रिसा लाखे । (उमेर र ठेगाना नखुलेको ) १२, रिया भण्डारी । (उमेर र ठेगाना नखुलेको ) १३, सपना राई । (उमेर र ठेगाना नखुलेको ) १४, नैनकला लिम्बू । (उमेर र ठेगाना नखुलेको ) १५, मोरङको बेलबारी नगरपालिका–१ की २२ वर्षीया रीतिका मगर । १६, बेलबारी–१ की २८ वर्षीया करुण चौहान । १७, बेलबारी–१ की २४ वर्षीया पवित्रा खड्का । १८, मोरङको उर्लाबारी नगरपालिका–६ की ३६ वर्षीया कल्पना बस्नेत । १९, मोरङका रतुवामाई नगरपालिका–५ की ७० वर्षीया गोमादेवी अधिकारी । २०, सुनसरीको इटहरी उपमहानगरपालिका–२ की ३८ वर्षीया सीता विक । २१, बेलबारी–१ का ३४ वर्षीय कुमार खड्का । २२, इटहरी–२ की ३८ वर्षीया पार्वती खड्का । २३, इटहरी–१ की ३३ वर्षीया चन्द्रकुमारी राई । २४, उर्लाबारी–३ की ६५ वर्षीया चन्द्रावती बराल । २५, उर्लाबारी–२ का ७० वर्षीय अमृत बराल । २६, सुनसरीको धरान उपमहानगरपालिका–१६ की ३८ वर्षीय शर्मीला राई । २७, धरान–१६ की ४२ वर्षीया गोमा खड्का । २८, झापाको भद्रपुर नगरपालिका–६ की ५३ वर्षीय दिवा मगर । २९, भद्रपुर–६ का ६५ वर्षीय इन्द्रबहादुर मगर । ३०, मोरङको रंगेली नगरपालिका–८ की ३० वर्षीया दीपा साह ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार