भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

सोमबार, २१ असोज २०८१
काठमाडौं । काठमाडौँबाट भोजपुर आउँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुईजनाको निधन भएको छ। प्रहरीका अनुसार, बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। सोमबार दिउँसो करिब पौने ३ बजेतिर बस दुर्घटनामा परेको थियो। बसमा लगभग २५ जना सवार रहेको प्रहरीले जनाएको छ। घाइते भएकाहरूलाई जिल्ला अस्पताल, कपिलाकोट र स्थानीय अस्पतालमा पु¥याइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार