काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् ।
धर्मशालाको व्यवस्थापनबारे विवाद बढ्दै गएपछि मन्त्रीले धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् ।
पशुपति क्षेत्र विकास कोषको निर्णयअनुसार धर्मशाला व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई दिने ७ बुँदे समझदारी भए पनि मारवाडी सेवा समितिले विरोध गर्दै आएको थियो ।
प्रतिक्रिया