सुनको भाउ हालसम्मकै उच्च,तोलाको कति ?

आइतबार, ०४ कार्तिक २०८१
काठमाडौं । साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय    रूपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि ९५ रूपैयाँले बढेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज ९५ रूपैयाँले  बढेर २ हजार  ७५ रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार