इटहरी : सुनसरीको दुहबीबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् ।
हिजो (सोमबार) विशेष सूचनाको आधारमा लागूऔषध स्यास्मो र ब्राउनसुगर सहित २ जना पक्राउ परेका हुन् ।
सोमबार राती ९ बजेको समयमा विराटनगरबाट दुहबी तर्फ आउँदै गरेको को १८ प २२१ नम्बरको मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका वडा नं ४ का २९ वर्षीय विजय लिम्बू र मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३८ वर्षीय हेमनारायण यादव पक्राउ परेका हुन् ।
पक्राउ परेका लिम्बुको साथबाट लागुऔषध स्यास्मो १२० ट्याब्लेट र यादवलाई चेकजाँच गर्दा मलद्वारमा लुकाएर ल्याएको १६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका २ जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
प्रतिक्रिया