खुकुरी प्रहार गरी एक पुरुषको हत्या

शनिबार, १० कार्तिक २०८१
संखुवासभा : संखुवासभामा खुकुरी प्रहार गरी एक पुरुषको हत्या भएको छ । जिल्लाको चिचिला गाउँपालिका ४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको हो । सामान्य विवादका क्रममा खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले शनिबार (आज)भीमबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए घटनामा संलग्न रहेकी दुर्गामायालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार