धरान। धरानमा रहेको पिण्डेश्वर संस्कृत विद्यापीठमा सर्व सहमतिमा स्ववियु सभापति सहित सबै पदाधिकारी तथा सदस्य निर्वाचित भएका छन् । मुख्य तिन विद्यार्थी सङ्गठनले एक पदाधिकारी सहित सदस्य लिने निर्णय भएपछि सहमति भएको ।
स्ववियु सभापतिमा नेकपा एमाले निकट विद्यार्थी युनियन अनेरास्ववियुका एनिस रेग्मी निर्वाचित भएका छन् । सचिवमा नेकपा माओवादी ९विप्लव समूह० निकट विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी) का गुणराज निरौला र कोषाध्यक्षमा नेपाली काङ्ग्रेस निकट नेविसंघका पुष्कर निरौला चयन भएका हुन् ।
सदस्य तर्फ अनेरास्ववियुबाट प्रत्यक्ष तर्फ पुरुषोत्तम दाहाल, प्रदीप नेपाल, विपिन गौतम, नेविसंघबाट सोमनाथ दाहाल चयन भएको निर्वाचन समिति संयोजक कृष्ण गोपाल अधिकारीले बताए ।
उनले समानुपातिक तर्फ चार सदस्यमा अनेरास्ववियुका सुधाकर पोख्रेल, सुवास चापाँगाईं नेविसंघबाट मनोज सुबेदी र अनेरास्ववियू (क्रान्तिकारी) का मनिष भट्टराई निर्वाचित भएको बताए । निर्वाचन संयोजक अधिकरीले चैत पाँच गते प्रमाण पत्र दिने तयारी गरिएको जानकारी दिए ।
यस अघि विद्यार्थी भर्नाबारे विवाद चुलिदै गएको थियो । आज (आइतबार) पार्टीका नेताहरुबीच छलफलबाट सर्वसहमति भएको हो ।
यस क्याम्पसमा २०६२ साल यता विवादका कारण स्ववियु चुनाव हुन सकेको थिएन । १७ वर्ष पछि यस पटक सर्वसहमतिमा चुनाव भएको हो ।
प्रतिक्रिया