काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रुपमा आन्दोलनमा बसिरहेका शिक्षकहरुमाथि सरकारले दमन गरेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले सरकारले शिक्षकहरुका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ भन्दै प्रश्न गरेका हुन् ।
उनले भने, ‘शिक्षकहरु आन्दोलनमा हुनुहुन्छ । हिजो मात्रै शान्तिपूर्ण शिक्षकहरुको आन्दोलनमा सरकारले दमन गर्यो । शान्तिपूर्ण रुपमा बसिरहेको शिक्षकहरुमाथि पानीको फोहोरा, अश्रुग्यास, लाठ्ठि प्रहार गरेर दर्जौनौ शिक्षकहरु घाइते हुनुभएको छ । पत्रकार सविना कार्की गम्भिर घाइते हुनुभएको छ । यस्तो अवस्था किन सिर्जना भैइरहेको छ ? सरकारले शिक्षकहरुका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ यसको म भत्र्सना गर्न चाहन्छु, खेद प्रकट गर्न चाहन्छु ।’
साथै, उनले शिक्षा ऐनलाई परिवर्तन गर्नुपथ्र्यो, पाठ्यक्रम परिवर्तन गर्नुपथ्र्यो तर त्यो नभैइरहेको बताए । उनले राज्यले नै ऐन बनाएर दिनुपर्ने कुरामा आज शिक्षकहरु हामीलाई ऐन देऊ भनेर माग्न आइरहेको सन्दर्भमा उनीहरुको मागलाई सम्बोधन गरेर जायज मागहरुलाई पुरा गरेर जानुको सट्टा सरकार मुकदर्शक बनिरहेको बताए ।
उनले भने, ‘संविधान निर्माणसँगै हामीले नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्दथ्यो । आजको विकास, आजको देशको आवश्यकता, आजको टेक्नोलोजि प्रयोग गर्नेगरी शिक्षा ऐनलाई परिवर्तन गर्नुपथ्र्यो, पाठ्यक्रम परिवर्तन गर्नुपथ्र्यो तर त्यो भैइरहेको छैन । आज पुराना ऐन र कानुनहरुले आज संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा बाधा अड्चन भैइरहेको छ । राज्यले नै ऐन बनाएर दिनुपर्ने कुरामा आज शिक्षकहरु हामीलाई ऐन देऊ भनेर माग्न आइरहेको सन्दर्भमा उनीहरुको मागलाई सम्बोधन गरेर जायज मागहरुलाई पुरा गरेर जानुको सट्टा मुकदर्शक बनिरहेको छ ।’
प्रतिक्रिया