घाँस काट्न जाँदा लडेर मृत्यु

सोमबार, १५ बैशाख २०८२

पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिका–५ खेदोकका भक्तबहादुर राई (रमेश)को घाँस काट्न जाँदा लडेर ज्यान गएको छ।


४५ वर्षीय राई आइतबार बिहान करिब १० बजे घर नजिकै पहिरो भएको ठाउँमा लडेर गम्भीर घाइते भएका थिए। घटनास्थल साविक प्राङवुङ–२, खेदोकको सिमखर्क टोलमा पर्छ।


लडेपछि उनी करिब एक सय मिटर तल खसेका थिए। परिवारका सदस्य र स्थानीयवासीले प्रहरी चौकी प्राङवुङको समन्वयमा शव उठाई साँझ जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याएका हुन्।


प्रहरीका अनुसार राईको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार