नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

शुक्रबार, १६ फागुन २०८१
काठमाडौँ : नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । स्वास्थ्यमा केही समस्या देखिएपछि उहाँ केही दिनदेखि त्यहाँ उपचाररत थिए । सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश हुन् । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत थिइन् । उनी अधिकृत देखिनै न्यायक्षेत्रमा कार्यरत थिइन् । श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने जानकारी दिइएको छ । उनका दुई छोरा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार