निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले ६०६ मत नेकपा एमालेका उम्मेदवारलाई थप गरेको भन्दै कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले मतगणना रोक्न निवेदन दिएका थिए।
त्यसपछि शनिबार बसेको सर्वदलीय बैठकमा दुवै पक्षको फरक माग भएपछि सहमति हुन सकेन। सोही बैठकमा निर्वाचन अधिकृतले गल्ती स्वीकार गरेका थिए।
पुनः आइतबार बसेको सर्वदलीय बैठकले समेत निश्कर्ष निकाल्न नसकेपछि कार्कीले र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुदेखि गणना गर्न निर्वाचन कार्यालयमा निवेदन दिएका थिए। आयोगबाट आउने प्रतिक्रियाको आधारमा अगाडि बढ्ने गरी सो निवेदन निर्वाचन आयोगमा पठाइएको थियो।
प्रतिक्रिया