पोखरीमा डुबेर बालकको मृत्यु

मंगलबार, २० कार्तिक २०८१
इटहरी : पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी ८ का सुदीप तामाङका डेढ वर्षीय छोरा रेमन तामाङ रहेका छन् । इटहरी ८ स्थित ढोकापुल बस्ने सुदीपका छोरा रेमनको घर नजिकै रहेको पोखरीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । खेल्ने क्रममा पोखरीमा डुबेका बालकलाई बाहिर निकालेर घर ल्याउँदा उनको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार