विराटनगरमा घरबाट लडेर वरिष्ठ अधिवक्ता फुयाँल घाइते

आइतबार, २५ कार्तिक २०८१
विराटनगर : विराटनगरका आफ्नै घरबाट लडेर आइतबार दिउँसो वरिष्ठ अधिवक्ता ६८ वर्षीय जगन फुयाँल घाइते भएका छन् । विराटनगर महानगरपालिका–७ स्थित घरको छतबाट आइतबार दिउँसो ४ बजेतिर चिप्लिएर फुयाँल खसेको प्रहरीले जनाएको छ । घरको दुई तलामाथिको करिब २० फिट अग्लो रेलिङबाट खसेर घटना भएको अधिवक्ता सञ्जयकुमार मेहताले बताए । मोरङ बारको सदस्यसमेत रहेका फुयाँलको न्यूरो अस्पतालमा उपचार जारी छ । तर, अवस्था गम्भीर रहेको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएको उनले बताए । उनका अनुसार फुयाँल बोल्न सक्दैनन् । ‘पुरानो घरको छतमा लेउ लागेको रहेको । उहाँ आफ्नै घरको दुई तलामाथिबाट खसेर घाइते हुनु भएको हो,’ मेहताले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार