मोरङमा गाँजासहित दुई जना पक्राउ

बुधबार, २८ कार्तिक २०८१
विराटनगर : मोरङमा लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका–१ का ४१ वर्षीय गोपालकुमार राजवंशी र विराटनगर महानगरपालिका–४ बस्ने ६२ वर्षीय सहरुदिन मियाँ रहेका छन् । राजवंशीको घरबाट ५ किलोग्राम गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार घरको कोठाभित्र प्लाष्टिकमा पोको पारेर राखेको अवस्थामा गाँजा भेटिएपछि राजवंशीलाई पक्राउ गरिएको हो । त्यस्तै, मियाँको घरको आँगनमा प्लाष्टिकले छोपेर राखेको ३ किलो गाँजा भेटिएको जोशीले बताए । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार