उद्योग वाणिज्य सङ्घ इटहरीले पायो ‘क’ वर्गको मान्यता

बुधबार, २८ कार्तिक २०८१
इटहरी  ।  उद्योग वाणिज्य सङ्घ इटहरीले ‘क’ वर्गको मान्यता प्राप्त गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको असोज २ गते बसेको पदाधिकारी समितिको बैठकले  ‘क’ वर्गको मान्यता दिने निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीद्वारा हस्ताक्षर गरिएको पत्रमा इटहरी उद्योग वाणिज्य सङ्घले स्तरउन्नति गर्न गरेको अनुरोध अनुसार स्तरोन्नति गरिएको जनाइएको छ । गत असोजमा निर्णय भएर इटहरी उद्योग वाणिज्य सङ्घलाई स्तरोन्नति गरिएको भए पनि सङ्घमा आधिकारिक रूपमा १ महिना पछि मात्रै पत्र प्राप्त भएको सङ्घका अध्यक्ष जीवन पराजुलिले बताए  । पराजुलिले 'ग' वर्गमा रहेको सङ्घले ‘क’ वर्गको मान्यता प्राप्त गर्नु इटहरीका लागि ठुलो उपलब्धि भएको बताए । 'अब उद्योग वाणिज्य सङ्घ इटहरीलाई केन्द्रले हेर्ने दायरा फराकिलो हुन्छ , सेवा सुविधाहरू पनि हामीले बढी पाउँछौ' अध्यक्ष पराजुलिले भने । कोशी प्रदेशमै 'क' वर्गको मान्यता पाउनेमा उद्योग वाणिज्य सङ्घ इटहरी चौथो रहेको समेत उनले बताए । उद्योग वाणिज्य सङ्घ इटहरीमा १० हजार भन्दा बढी सदस्यहरू आबद्ध रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार