दुई ब्रोकर एसोसिएशन मर्ज

बुधबार, २८ कार्तिक २०८१
काठमाडौं : दुई वटा ब्रोकर एसोसिएशन मर्ज भएका छन् । स्टक ब्रोकर एसोसिएशन नेपाल र धितोपत्र ब्रोकर एसोसिएशन लिमिटेड मर्ज भएका हुन् । दुवै ब्रोकर एसोसिएसनबीच मर्जरका लागि बुधबार समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको हो । समझदारी पत्रमा स्टक ब्रोकर एसोसिएशन नेपालका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर एसोसिएन लिमिटेडका अध्यक्ष सागर ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । मर्जर पश्चात नयाँ संगठनको नाम स्टक ब्रोकर्स एसोसीएशन अफ नेपाल कायम भएको छ । सम्झौता अनुसार अब धितोपत्र ब्रोकर्स एसोसिएशन नेपालका सदस्यलाई स्टक ब्रोकर्स एसोसिएशन अफ नेपालमा एकमुष्ट सदस्यता प्रदान गरिने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार