रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले साढे ८ करोड कमायो नाफा

आइतबार, ०२ मंसिर २०८१
काठमाडौं : रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले साढे ८ करोड नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रुपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको हो । गत असार मसान्तमा कम्पनीले ५ करोड ३ लाख ८३ हजार नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३४ करोड ५८ लाख सञ्चालन आम्दानी गरेको छ । त्यस्तै, कम्पनीले असोज मसान्तसम्ममा २८ करोड ९४ लाख कुल नाफा कमाएको छ भने कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रूपैयाँ र सञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार साथै वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रहेको छ। १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रूपैयाँ रहेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार