पाँच दिनको अवधिमा मोरङबाट २८ जना फरार प्रतिवादी पक्राउ (विवरणसहित)

बुधबार, ०५ मंसिर २०८१
विराटनगर : विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका २८ जना फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मारङका अलगअलग स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । लागूऔषध मुद्दाका ८, सवारी ज्यानका ४, केही सार्वजनिक अपराधका ३, चेक अनदार, लेनदेन र बैंकिङ कसुरका २/२ तथा काठ टुक्रा पारी ओसारपसार, नकबजनी चोरी, अभद्र व्यवहार, जालसाज, चोरी, बहुविवाह र कुटपिट अंगभंग मुद्दाका १/१ जनालाई पक्राउ गरिएको उनले बताए । विभिन्न मुद्दामा कैद सजाय तथा जरिवानाको फैसला भएकाहरूलाई मंसिर १ देखि ५ गते (पाँचदिन)को अवधिमा पक्राउ गरिएको डीएसपी जोशीले बताए । पक्राउ परेकाहरूबाट करिब ७ वर्ष कैद र २ लाख रूपैयाँभन्दा बढी जरिवाना असुल भएको छ । प्रहरीले पक्राउ परेर अदालतमा पेश गरेपछि कैद तोकिएकालाई अदालतले सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । मोरङ प्रहरी प्रमुख, एसपी नारायणप्रसाद चिमरियाले अदालतको फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेको बताए । ‘अपराध गरेर समाजमा खुलेआम हिँडडुल गर्नेहरुका कारण पीडितले असुरक्षित महसुस गर्छन् । पीडितले राहतको अनुभूति गर्न पाउँदैनन्,’ उनले भने, ‘अपराध गरेर भागिरहेका तथा दोषी ठहर भएका प्रतिवादीलाई पक्राउ गरी अपराध गर्ने छुट कसैलाई पनि छैन र कानुनले समेत छुट दिँदैन भन्ने सन्देश दिन चाहन्छौं । पीडितलाई न्याय दिन सबै उपाय अवलम्बन गरिने छ ।’ यी हुन् फरार प्रतिवादी

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार