कोशी किनारमा एक महिलाको शव फेला

शुक्रबार, ०७ मंसिर २०८१
इटहरी : कोशी किनारमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार आज (शुक्रबार) दिउँसो करिब ३ बजेको समयमा बराहक्षेत्र नगरपालिका ९ धरहरा टप्पनस्थित कोशी नदीको किनारमा तत्काल नाम, थर, वतन नखुलेको महिलाको शव फेला परेको हो । मंगोलियनजस्तो देखिने ती मलिाको उमेर अन्दाजी ५५ वर्ष रहेको प्रहरीको अनुमान छ । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । शव सडेगलेको भएकाले पहिचान गर्न समस्या भइरहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार