इटहरीमा मोटरसाइकल दुर्घटना, दुईको अवस्था गम्भीर 

आइतबार, ०९ मंसिर २०८१
इटहरी  : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको गम्भीर घाइते भएका छन् । इटहरी १७ बालग्राम चौकमा आज (आइतबार) १२ बजेतिर को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको अवस्था गम्भीर भएको हो । के, कुन सवारी साधनले मोटरसाइकललाई ठक्कर दिएको भन्ने खुलिसकेको छैन । अहिले प्रहरीले सीसी टिभी फुटेज हेरेर पहिचान गरिरहेको छ । घाइते दुवैको पहिचान खुलिनसेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार गम्भीर घाइते दुवै जनालाई थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । गम्भीर घाइते भएका दुवै जना तत्काल बोल्न नसक्ने रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार