इटहरीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा प्रभातफेरी

सोमबार, १० मंसिर २०८१
इटहरी । इटहरीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसरमा प्रभात फेरी कार्यक्रम गरिएको छ । ‘हामी सबैको प्रतिबद्धतास् लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरु दिन प्रभात फेरी कार्यक्रम गरिएको हो । इटहरी उपमहानगर परिसरबाट सुरु भएको प्रभात फेरी हटियालाईन राधाकृष्ण मन्दिर हुँदै विपी चौक, आइतबारे, इटहरी मुख्य चौक हुँदै उपमहानगर परिसरमै टुङ्गिएको थियो । प्रभात फेरीमा “हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता”, बुझौँ सुनौँ: लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऔँ , सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा विरुद्धको अभियान लेखिएका नाराहरू प्रस्तुत गरिएका थिए। प्रभात फेरी कार्यक्रममा सम्पन्न भएपस्चात इटहरी उपमहानगर परिसरमा लैङ्गिक हिंसा विरुद्धको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरीको थियो । इटहरी उपमहानगरपालिकाको आयोजना तथा इलाका प्रहरी कार्यालय इटहरी, महिला सञ्जाल इटहरी, माया घर नेपाल, श्रमिक महिला साझा मञ्च, ज्येष्ठ नागरिक समन्वय समिति इटहरी, मानव कल्याण समाज, माइती नेपाल लोकतन्त्र र न्यायका लागि आमा समूह इटहरीस्थित सम्पूर्ण विद्यालय एवम् सङ्घ संस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । १६ दिने अभियानको अवधिमा प्रत्येक दिन एउटा दिवस पर्ने र दिवसीय कार्यक्रमहरू गरिने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख सङ्गीता पोख्रेलले बताइन् । अभियानको क्रममा सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर महिला तथा बालिकामाथि भएको विभेद र हिंसा सम्बन्धी जनचेतना कार्यक्रम गरिने प्रमुख पोख्रेलले बताइन् ।    

प्रतिक्रिया

नवीन दहाल
लेखकको बारेमा
नवीन दहाल

सम्बन्धित समाचार