नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले गठबन्धनलाई नै निरन्तरता दिनुको बिकल्प नभएको बताएका छन् । "हामीले निर्वाचनमा सोचेअनुरुपको परिणाम हाँसिल गर्न सकेनौँ तर पुरानै गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्छौ", प्रचण्डले भने । अब बन्ने सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने उनको संकेत थियो ।
हुन त निर्वाचन भन्दा पहिला नै माओवादीले प्रचण्ड नेतृत्वमा सरकार बनाउने एजेन्डा अघि सार्दै घोषणापत्र तयार गरेको थियो । माओवादीले प्रत्यक्षमा अहिलेसम्म उसले १७ सिट जितेको छ भने दोलखाको परिणाम आउन बाँकी छ । समानुपातिकमा १५ आसपासको सिट पाउँदा माओवादी ३२(३३ सिट हाराहारीको पार्टी हुने देखिन्छ ।
आगामी सरकारको नेतृत्वमा तिव्र इच्छा जाहेर गरेका प्रचण्डले चुनावी परिणाम आइनसक्दै आफ्नो पहलमा सरकार बनाउन पहल लिने प्रयास गरेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई कारागारमै गएर भेटेका थिए । त्यस्तै आफ्नो समेत सर्मथनमा जितेका प्रभू साहलाई फोन गरेर सहयोग मागेका थिए ।
प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत प्रचण्डले सोमबार बालुवाटारमा पुगेर छलफल गरेका छन् । देउवा र प्रचण्डबीचको छलफल चुनावी परिणामबारे मात्रै भएको र सत्ता गठबन्धनकै बहुमत पुग्ने निष्कर्षमा पुगेको बताइएको छ।
प्रतिक्रिया