काठमाडौँ । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट आज(शनिवार)बाट सुरु भएको छ ।
सुरु भएको एनपीएल क्रिकेट अन्तर्गत आजको हुने खेलमा जनकपुर बोल्ट्सले टस जितेर बलिङ रोजेको छ । जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगरले पहिले ब्याटिङ गर्दैछ ।
लिगको पहिलो दिन विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा इतिहासमा नै पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा दुवै टिम जितका साथ सुरुवात गर्ने लक्ष्यमा छन् ।
विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानमा मैदान उत्रदै गर्दा जनकपुरको कप्तानी अनिल शाहले गरेका छन् ।
पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ । लिगमा कुल ३२ खेल आयोजना हनेछन् । लिगका सबै खेल कीर्तिपुरमा रहेको टियु मैदानमा नै हुनेछ ।
प्रतिक्रिया