कीर्तिपुरमा उत्साहपूर्वक मतदान, उम्मेदवारहरुको आ-आफ्नै दाबी

आइतबार, १६ मंसिर २०८१
काठमाडौं :  कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । मतदान जारी रहँदै गर्दा कीर्तिपुर नगरपालिकाका मेयर पदका उम्मेदवार कृष्णमान डंगोलले कीर्तिपुर जनताको अपार मायाले जित्ने दावी गरेका छन् । उनले आफ्नो इमान्दारिता नै देखेर कीर्तिपुरबासीहरुले आफूलाई भोट गरेर जिताउने दावी गरेका हुन् । उनले भने, ‘जित्ने आधार मेरो लागि कीर्तिपुर जनताको अपार माया हो । मेरो इमान्दारिता देखेर र जनतामाझ मैंले गरेको समाजसेवा नै मेरो जित्ने आधार हो । सानो बेलादेखि हेर्दै आएको कीर्तिपुरबासीहरुको समस्या विस्तारै पूरा हुँदैछ । कीर्तिपुर जनताको लागि विकासहरुको आवश्यक्ता छ त्यो विस्तारै पूरा हुनेछ । म समाज सेवा र विकास गर्दै जानेछ ।’ साथै उनले सहजतापूर्ण रुपले मतदान भइरहेको समेत बताए । नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि उक्त पद रिक्त भएका हुन् ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार