मोरङको ग्रामथानमा २ बजेसम्म ५४ प्रतिशत मतदान 

आइतबार, १६ मंसिर २०८१
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अहिलेसम्म ५४ प्रतिशत मतदान भएको छ । यो दिउँसो २ बजेसम्मको तथ्याङ्क हो । हालसम्म १४ हजार १ सय ७४ मत खसेको हो । ७ हजार ४ सय ११ महिला र ६ हजार ७ सय ६३ पुरुषले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विभिन्न मतदान केन्द्रमा अहिले पनि शान्तिपूर्ण मतदान जारी छ । बिहान ११ बजेपछि मतदान केन्द्रमा अलि भिडभाड बढेको थियो । मतदानस्थलमध्ये ग्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा ५ सय ५१, लखन्तरीस्थित वीरेन्द्र माविमा १ हजार ५ सय ५८, ग्रामथान–२ झोराहाटस्थित सरस्वती माविमा १ हजार १ सय ३५, वडा कार्यालयमा १ हजार २ सय ८५, ग्रामथान–३ को सिद्राहास्थित वाणी माविमा ९ सय ८ र भौसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा ८ सय १७ मत खसेको छ । त्यस्तै, ग्रामथान–४ को मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा १ हजार ५, लोहासुरस्थित महेन्द्र माविमा १ हजार ६४, ग्रामथान–५ को तेतरियास्थित देवी माविमा २ हजार २ सय ९४, ग्रामथान–६ को रविहाटस्थित पब्लिक माविमा १ हजार ९ सय ३४, ग्रामथान–७ को धोवियारेस्थित गणेश माविमा १ हजार १ सय २३ र  बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा ५ सय खसेको छ । अध्यक्ष चयनका लागि उपनिर्वाचन जारी रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ । साँझ ५ बजेसम्म मतदान जारी रहने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार