विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा दिउँसो ३ बजेसम्ममा ६३ प्रतिशत मत खसेको छ । मतदान गर्नेमा पुरुषभन्दा महिला धेरै छन् । पुरुषभन्दा झन्डै १ हजार बढी महिला मतदानमा सहभागी भएका हुन् ।
ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र छन् । अहिलेसम्म १६ हजार ४ सय ८२ मत खसेको छ । मतदान गर्नेमध्ये ८ हजार ७ सय १२ जना महिला र ७ हजार ७ सय ७० जना पुरुष रहेका हुन् ।
ग्रामथानमा २६ हजार ४४ मतदाता छ । मतदाताको सङ्ख्या भने पुरुषको बढी छ । मतदातामध्ये १३ हजार ४१ महिला र १३ हजार ३ पुरुष रहेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म ६३ प्रतिशत मतदान भइसकेको छ । विभिन्न मतदान केन्द्रमा अहिले पनि शान्तिपूर्ण रूपमा मतदान जारी रहेको कार्यालयले जनाएको छ ।
पालिका अध्यक्ष चयनका लागि ग्रामथानमा उपनिर्वाचन भइरहेको हो । साँझ ५ बजेसम्म मतदान जारी रहने छ ।
प्रतिक्रिया