विराटनगर । माेरङकाे ग्रामथान गाउपालिकाकाे उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाएका छन् ।
पछिपछि कांग्रेस उम्मेदवार छन् । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार नमाेनारायण माझीले ४ हजार ८०२ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार बलराम सरदार थारुले ३ हजार १४४ मत पाएका छन् ।
नेकपा एमाले उम्मेदवार तुलसीराम विश्वास २ हजार १३८ मतसहित तेस्रो स्थानमा छन् । चाैथाे स्थानमा रहेका राप्रपा उम्मेदवार दिवेशकुमार थन्दारले ३८८ मत पाएका छन् ।
पाँचौ स्थानमा रहेकाे रास्वपा उम्मेदवार नविनकुमार विश्वासले २५८ मत पाएका छन् । ग्रामथानमा २०७९ सालमा कांग्रेसले जितेको थियाे ।
प्रतिक्रिया