सुनसरीको गढीमा नेपाली काँग्रेसका तेतर साह विजयी

सोमबार, १७ मंसिर २०८१
इनरुवा : सुनसरीको गढी गाउँपालिका वार्ड नं ६ को वडाध्यक्षमा रुख छाप भएको नेपाली काँग्रेसका तेतर साहुले ८१६ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी हँसिया हथौडा छाप भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ७९४ मत पाएका छन् । नेकपा एमालेको तर्फबाट २०७९ सालमा निर्वाचित वडा अध्यक्ष सदानन्द उराँवको निधन भएकोले रिक्त भएको गढी ६ मा उपनिर्वाचनमा भने सूर्य छापबाट नेकपा एमालेका उम्मेदवार सन्तु उरांवले ७७० मत प्राप्त गरेका छन्। त्यसै गरी चुनाव चिन्ह हल्लो भएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविता उराँवले ८४ मत प्राप्त गरिन । त्यसै गरी पिँद भएको खुकुरी ४, ढकिया नागरिक उन्मुक्ति पार्टीका तर्फबाट तेजनारायण मुसहरले २, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चुनाव चिन्ह तिर भएको बचालाल अर्गरियाले ४ मत रहेको छ । त्यसै गरी त्यसै गरी चुनाव चिन्ह भित्ते घडी रहेको समावेशी समाजवादी पार्टी नेपालका तर्फबाट योगनारायण ऋषिदेवले ७ प्राप्त रहनुभएको छ। त्यसै गरी दापसहितको खुकुरी भएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार राजो देवी ऋषिदेव ७ मत प्राप्त गरे। त्यसै गरी अर्ना स्वतन्त्र चुनाव चिन्ह भएको रामनारायण यादवले १ मत ल्याएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार