ग्रामथानमा माओवादी उम्मेदवार जित नजिक

सोमबार, १७ मंसिर २०८१
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जित नजिक पुगेका छन् । १६ हजार १ सय ९४ मत गणना हुँदा माओवादी उम्मेदवार नमोनारायण माझीले ६ हजार २ सय ७६ प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार बलराम सरदार ४ हजार ७ सय ९१ मतका साथ उनलाई पछ्याइरहेका छन् । ३ हजार २ सय ६६ मत नेकपा (एमाले)का उम्मेदवार तुलसीराम विश्वासले प्राप्त गरेका छन् । माओवादी र कांग्रेसका उम्मेदवारबीचको मतान्तर १ हजार ४ सय ८५ छ । माओवादी उम्मेदवार जितनजिक पुगिरहेका बेला मतगणनास्थल बाहिर नेता कार्यकर्ताले खुसीयाली मनाइरहेका छन् । अब २ हजार ३८३ मत गणना हुन बाँकी छ । आइतबार भएको उपनिर्वाचनमा ग्रामथानमा १८ हजार ५७७ मत खसेको थियो । सोमबार बिहान साढे ७ बजेसम्म १६ हजार १९४ मत गणना भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार