मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओबादीका नमोनारायण माझी निर्वाचित, एमाले तेस्रो

सोमबार, १७ मंसिर २०८१
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी निर्वाचित भएका छन् । ६ हजार ९ सय ६९ मतसहित उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत पाए । उनीहरूबीचको मतान्तर १ हजार ६ सय ३६ छ । निर्वाचनमा नेकपा (एमाले) तेस्रो भयो । एमालेका तुलसीराम विश्वास ४ हजार १ सय ५९ मतमा सीमित भए । ग्रामथानमा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारू विजयी भएका थिए । त्यतिबेला एमालेका शिवनारायण माझी थारु दोस्रो र माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए । गच्छदारको गत असार ३ गते निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन भएको थियो । जनाधार कमजोर भएको भनिएको माओवादी उपनिर्वाचनमार्फत गाउँपालिकाको नेतृत्वमा पुगेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार