गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्ने व्यक्ति पक्राउ

विहीबार, २० मंसिर २०८१
काठमाडौं : गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै हिँड्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्ट रहेका छन् । उनले प्रहरी र प्रशासनदेखि विभिन्न निकायमा फोन लाभ लिन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए। गृहमन्त्रीको सचिवालयले पनि नक्कली पीएको विषय सचिवालयमा जानकारी आएपछि सुक्ष्म रूपमा अध्ययन गरिरहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार