देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विहीबार, ०१ जेठ २०८२

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकीका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ।

विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा थोरै स्थानहरूमा र अन्य पहाडी भू–भागमा एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षासहित हिमपात हुने पूर्वानुमान गरिएको छ।

सावधानी अपनाउन विभागले सर्वसाधारण र यात्रुहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार