विराटनगरको ‘रेड स्टार’ गीत गजलका सञ्चालक मृत भेटिए

शनिबार, २२ मंसिर २०८१
विराटनगर । विराटनगरको ‘रेड स्टार’ गीत गजलका सञ्चालक शनिबार बिहान मृत अवस्थामा भेटिएका छन् । उक्त गीत गजल विराटनगर महानगरपालिका– १० सोमबारेमा छ । त्यसका सञ्चालक विराटनगर–१२ का ३८ वर्षीय भीम राई मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । उनका अनुसार ‘रेड स्टार’ गीत गजलका सञ्चालक राई शुक्रबार राति गीत गजलमै सुतेका रहेछन् । शनिबार बिहान ८ः३० बजेतिर अचेत अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा फेला पारेर गीत गजलकै कर्मचारीले उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याएको प्रहरीले जनाएको छ । अस्पताल पुर्याउनसाथ बिहान ९ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको जोशीले बताए । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । घटनाका बारेमा थप बुझ्न र अनुसन्धान गर्नका लागि वडा प्रहरी कार्यालय विराटनगरबाट इन्स्पेक्टर राजेश दत्त नेतृत्वको टोली परिचालन गरिएको थियो । प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राईलाई उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको पत्ता लागेको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी जोशीले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार